७ दिन भित्र उपचार शुल्क सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

७ दिन भित्र उपचार शुल्क सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन

काठमाडौं । बिरामीको उपचारका क्रममा अस्पतालहरुले चर्को शुल्क लिएको जनगुनासो बढेपछि सरकारले ७ दिन भित्र उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको छ ।

बिरामीको उपचारको क्रममा अत्याधिक शुल्क तिर्नुपरेको गुनासो दिनप्रतिदिन बढेपछि स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले अस्पतालले प्रवाह गर्ने सेवा र उक्त सेवाको शुल्क सार्वजनिक गर्न अस्पतालहरुलाई यस्तो निर्देशन दिएको हो ।

निर्देशन पश्चात अस्पताल तथा स्वास्थ्य संस्थाले आफुले प्रवाह गर्ने सेवाको प्रकार र सोको लागत रकम शीर्षक सहित मूल्य सूची संचालक समिति/बोर्ड/आधिकारिक निकायबाट निर्णय गराई अनिवार्य रुपमा आ–आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने, सूचना पाटीमा सबैले देख्ने गरी राख्ने र सोको जानकारी स्वास्थ्य संस्था संचालन ईजाजतपत्र दिने तथा नवीकरण गर्ने निकाय समक्ष पठाउनु पर्ने व्यवस्था गरिएको छ ।

कोरोना महामारी रोकथाम, नियन्त्रणको विषम परिस्थितिमा अक्सिजनको चर्को शुल्क लिएको, अनावश्यक परीक्षण गराएकोजस्ता विषय हेलो सरकारदेखि मन्त्रालयमा पनि गुनासो आएकोले महाशाखाको ध्यानाकर्षण भएको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);