चर्को शुल्क असुल्दै आएका अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयले अनुगमन गरी कारबाही गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, ९ पुष । बिरामीसँग चर्को शुल्क असुल्दै आएका अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयले अनुगमन गरी कारबाही गर्ने भएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमनका क्रममा अस्पतालहरुले विभिन्न सेवाको नाममा चर्को शुल्क असुलेको पाइएपछि स्वास्थ्य मन्त्रालयले यही हप्ताभित्र अनुगमन सुरु गरी दोषीलाई कारबाही गर्ने तयारी गरेको हो । मन्त्रालयलले डाक्टर सुशिल प्याकुरेलको संयोजकत्वमा ५ सदस्यीय टोली गठन गरी अनगमनको तयारी गरेको हो । अनुगमनका क्रममा दोषी ठहरिएमा लाइसेन्स खारेजसम्मको कारबाही गर्ने मन्त्रालयले जनाएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन प्रतिबेदनले स्वास्थ्य संस्थाको नियमित अनुगमन र कारबाहीको खाँचो औंल्याएको छ । विभागले सेवाग्राहीको उजुरीको आधारमा गत हप्ता ग्वार्कोमा रहेको बी एन्ड बी अस्पताल, धापासीको ग्रान्डी इन्टरनेसनल अस्पतालमा, काठमाडौँको बल्खु स्थित बयोधा अस्पताल, बासबारीको न्यूरो अस्पताल र नरदेवीमा रहेको आयुर्वेदिक ल्याब लगायतमा अनुगमन गरेको थियो । त्यसक्रममा अस्पतालले विभिन्न शिर्षकमा चर्को रकम असुल गरिरहेको पाइएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);