सुनसरीमा बजार अनुगमन तीव्र : तीन वर्षदेखि म्याद गुज्रिएका खाद्यान्न फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुनसरीमा बजार अनुगमन तीव्र : तीन वर्षदेखि म्याद गुज्रिएका खाद्यान्न फेला

सुनसरी। चाडपर्व नजिकिएसँगै सुनसरीको इटहरी उपमहानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । सोमबार पनि अनुगमन गरेको उपमहानगरले खनारमा गरेको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका सामान बेच्न राखेको पाइएको छ । खनार बजारका १४ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गरिएको हो ।

उपमहानगरपालिका,जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि,उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरीसहित अनुगमन गरिएको हो । अनुगमनका क्रममा पाँचवटा पसलमा म्याद गुज्रिएका सामान बेच्न राखेको पाइएको हो । 

एउटा पसलमा तीन वर्षअघि म्याद गुज्रिसकेको समानसमेत राखेको पाइएको छ । चाउमिन, मसला, सुजी, दाल,ज्वानो, मकै चामल, तेल, चकलेटकाे म्याद गुज्रिएको पाइएको हो । अन्य पाँचवटा पसलमा मूल्य सूची नराखेको पाइयो छ । त्यस्तै चारवटा पसल व्यवसाय प्रमाण पत्रबिना नै सञ्चालन भएको भेटियो छ । दुईवटा पसलको नवीकरण नभएको पाइएको छ । 

अनुगमनका क्रममा व्यवसाय प्रमाणपत्र लिन,पसल नवीकरण गर्न र लेबल गरेर मात्र सामान बेच्न निर्देशन दिइएको छ । पहिलो पटक भएकाले म्याद गुज्रिएका सामान नष्ट गरी त्यस्ता सामान नबेच्न र छुट्टै ठाउँ बनाएर राख्न निर्देशन दिइएको उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भट्टराईले जानकारी दिए । अर्को पटक अनुगमनका क्रममा पनि म्याद गुज्रिएका सामान बेच्न राखेको पाइए कानुन बमोजिम कारबाही हुने उनले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);