सरकारी अस्पताललाई धरौटी शुल्क नलिइ उपचार गर्न सरकारको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सरकारी अस्पताललाई धरौटी शुल्क नलिइ उपचार गर्न सरकारको निर्देशन

काठमाडौं, १६ कार्तिक । सरकारले सरकारी अस्पतालहरुलाई धरौटी शुल्क नलिइ उपचार गर्न निर्देशन दिएको छ । सरकारी निर्देशन अनुसार भन्दै विभिन्न सरकरी अस्पतालले सूचना नै प्रकाशन गरी धरौटी रकम माग गरेपछि सरकारले यस्तो निर्देशन दिएको हो ।

उपत्यका तथा उपत्यका बाहिर रहेका सबै सरकारी अस्पतालहरुले कोरोनाको उपचार गर्न धरौटी रकम राख्नुपर्ने भन्दै सूचना प्रकाशन गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धरौटीका लागि सूचना प्रकाशन गर्ने अस्पतालहरुलाई स्पष्टिकरण समेत सोधिएको छ । सरकारले आफै उपचार गराउन सक्नेसँग शुल्क लिन नसक्नेको निःशुल्क उपचार गर्न निर्देशन दिएको पनि उहाँले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);