सरकारले गरेको निर्णय फिर्ता गर्न पूर्वप्रधानमन्त्री नेपालकाे माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सरकारले गरेको निर्णय फिर्ता गर्न पूर्वप्रधानमन्त्री नेपालकाे माग

काठमाडाैं,४ कार्तिक। सत्तारुढ नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने भनेर सरकारले गरेको निर्णय फिर्ता गर्न माग गर्नुभएको छ ।मंगलबार विज्ञप्ति जारी गर्दै नेता नेपालले सरकारको निर्णय जनताप्रति गैरजिम्मेवार र अनुत्तरदायी भएको भन्दै फिर्ता गर्न माग गर्नुभएको हो ।

महामारीका बेला जनताको उपचार गर्ने दायित्व सरकारको रहेको भन्दै नेता नेपालको विज्ञप्तिमा संक्रामक रोगसम्बन्धी विद्यमान कानुनी प्रावधानहरूले पनि सरकारलाई यो दायित्व सुम्पिएको उल्लेख छ ।

सबै नागरिकको उपचार गर्नुपर्नेमा आम नागरिकमा थप आतंक सिर्जना हुने गरी गरिएको विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन उहाँले सरकारसँग माग गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयले सरकारले सबै नागरिकको उपचार नगर्ने निर्णय गरेको थियो ।

लगत्तै सरकारले सरकारी अस्पतालहरूलाई कोरोना संक्रमितको उपचारवापतको रकम संक्रमितबाट उठाउन निर्देशन दिएको थियो ।सरकारले निर्णयपछि सरकारी अस्पतालहरूले संक्रमितबाट उपचार खर्च उठाउन थालिसकेका छन् ।

निर्णयको आलोचना भएपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अपांग, एकल माहिला, ज्येष्ठ नागरिकको उपचार सरकारले गर्ने स्पष्टिकरण दिनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);