बागमती प्रदेश सरकारले आफै सञ्चारमाध्यम सञ्चालन गर्न गरिएको बजेट विनियोजनको निर्णय फिर्ता लिन महासंघको माग | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बागमती प्रदेश सरकारले आफै सञ्चारमाध्यम सञ्चालन गर्न गरिएको बजेट विनियोजनको निर्णय फिर्ता लिन महासंघको माग

काठमाडौं । नेपाल पत्रकार महासंघले बागमती सरकारले आर्थिक वर्ष २०७८÷०८८को बजेट मार्फत आफ्नै सञ्चारमाध्यम सञ्चार गर्नेगरी बजेट विनियोजन गरेको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । नेपाल पत्रकार महासंघले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने र नियन्त्रित सूचना सम्प्रेषण गर्नेगरी सञ्चारमाध्यम सञ्चालनका लागि बजेट विनियोजन गरिएको भन्दै महासंघले आपत्ति जनाएको छ ।

कुनै पनि तहका सरकारले सञ्चारमाध्यम सञ्चालन गर्न नहुने र सरकारको नियन्त्रणमा रहेको सञ्चारमाध्यमलाई पनि स्वायत्त र स्वतन्त्र बनाउनु पर्नेमा बागमती प्रदेश सरकारले आफैंले सञ्चारमाध्यम सञ्चालन गर्ने तयारी गरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रदेश सरकार आफैंले सञ्चारमाध्यम सञ्चालन गर्दा यसले नागरिकको विचारलाई नियन्त्रण गर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने एवं स्वतन्त्र पत्रकारिताको मान्यता र भावनाविरुद्ध हुने महासंघले ठहर गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);