बागमती प्रदेश सभाको बजेट अधिवेशन जेठ १६ मा हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

बागमती प्रदेश सभाको बजेट अधिवेशन जेठ १६ मा हुने

budget

हेटौंडा । बागमती प्रदेश सभाको बजेट अधिवेशन जेठ १६ गतेका लागि आह्वान गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभाको अधिवेशन जेठ १६ गते आइतबारका लागि आह्वान गरेका हुन् ।

प्रदेश सभामा विद्युतीय बसको खरिद प्रक्रिया रोक्न र मदन भण्डारी फाउन्डेशनलाई ५० लाख रुपैयाँ दिने निर्णय फिर्ता लिन प्रमुख प्रतिपक्ष दलले माग गरेका छन् । तर सरकारले नमान्दा विपक्षी दल नेकपा माओवादीले संसद अवरुद्ध गरेको थियो । लगातार ४ पटकसम्म बैठक चल्न नसकेपछि सरकारले बिजनेस हुँदाहुँदै पनि सातौं अधिवेशन अन्त्य गरेको थियो ।

जेठ १६ गते बजेट अधिवेशनको शुभकामना दिने तथा प्रदेश सभामा दर्ता भएको पर्यटन सम्बन्धी विधेयक बैठकमा पेश हुने प्रदेश सभा सचिव कृष्ण खड्काले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);