प्रदेश नम्बर २ को प्रदेश सभाको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

जनकपुरधाम । प्रदेश नम्बर २ को प्रदेश सभाक बैठक बस्दैछ ।

प्रदेश सभाको छैटौँ अधिवेशनको पहिलो बैठक आज बस्ने भएको हो । प्रदेश २ सरकारले प्रदेशसभाको चालु पाँचौँ अधिवेशन अन्त्य गरेपछि बजेट अधिवेशन आह्वान गरिएको छ ।

मन्त्रिपरिषद्का सिफारिसमा प्रदेश प्रमुख डाक्टर राजेश अहिराजले आजका लागि प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्नूभएको हो । प्रदेशसभा सचिवालयका अनुसार बैठकमा दलका नेताहरूले शुभकामना दिने र आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आव २०७८/ ०७९ का लागि तयार गरिएको पूर्वबजेटको दस्तावेज टेबल गर्ने कार्यसूची रहेको छ ।

प्रदेश सरकारले आर्थिक वर्षको बजेट असार १ गतेभित्र पेस गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसैगरी सरकारको आव २०७८/०७९ को नीति तथा कार्यक्रम सोमबार बस्ने प्रदेशसभा बैठकमा पूर्वबजेट छलफलपछि मात्र संसदमा प्रस्तुत हुने भएको छ । सो अनुसार प्रदेश सरकारले यही जेठ २७ गते नीति तथा कार्यक्रम ल्याइने जनाएको छ ।

यो पनि पढ्नुहोस

प्रदेश–२ का मुख्यमन्त्री राउतद्वारा एक मन्त्रीसहित तीन राज्यमन्त्रीलाई पदमुक्त

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);