बागमती प्रदेशसभाको बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

बागमती प्रदेशसभाको बैठक स्थगित

मकवानपुर । बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ ।

आज बस्न लागेको प्रदेशसभा बैठक स्थगति भएको स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सरकारले असार १ गते सार्वजनिक गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक यसअघि पनि अवरुद्ध हुँदै आएको छ ।

प्रदेशसभा सचिवालयले दुई दिनअघि मात्र सूचना जारी गरेर बैठक आज बस्ने जनाएको थियो । सचिवालयका अनुसार प्रदेशसभाको अर्को बैठक आइतबार साढे ११ बजे बस्नेछ ।

आव २०७८/८९ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा सरकारले नै सञ्चारमाध्यमको सञ्चालन गर्ने, विद्युतीय बस सरकारले खरिद गरेर सञ्चालन गर्ने लगायतका विषयमा असहमति जनाउँदै विपक्षीहरूले प्रदेशसभा बैठक अवरुद्ध गराउँदै आएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);