एमाले एकताप्रति प्रचण्डको चासो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

एमाले एकताप्रति प्रचण्डको चासो

काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

शनिबार नेपाल निवास कोठेश्वर पुगेका प्रचण्डले एमाले एकताको विषयमा चासो राखेको नेपाल निकट सा्रेतले जनाएको हो ।

अध्यक्ष प्रचण्डले नेता नेपाललाई ओलीसँग मिल्न लागेको भन्दै चासो व्यक्त गरेको र प्रचण्डले सजग भएर अघि बढ्न सुझाव दिएको सा्रेतले जानकारी दिएको छ ।

यता विपक्षी गठबन्धनको पछिल्लो बैठकमा समेत माधव नेपाल सहभागी नभएसम्म नबस्ने गरी स्थगित भएको छ । नेपाल निकट स्रोतका अनुसार प्रचण्डसँग नेपालले आफू सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि कुनै पनि सम्झौता गर्ने पक्षमा नरहेको बताएका छन् ।

त्यस्तै, नेता नेपालले ओलीसँग मिल्न पार्टीमा सांगठानिक र राजनीतिक निर्णय गर्दा आफ्नो पनि ओलीसरह हस्ताक्षर चल्ने गरि पावर शेयरिङ हुनुपर्ने शर्त राखेका छन् । तर एमालेको कार्यदलमा उक्त विषयले प्रबेश पाएको छैन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);