नेपाल पक्षको स्थायी कमिटि बैठक बस्दै, ओलीको प्रस्तावबारे छलफल गर्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाल पक्षको स्थायी कमिटि बैठक बस्दै, ओलीको प्रस्तावबारे छलफल गर्न

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल– झलनाथ खनाल पक्षले स्थायी कमिटीको बैठक बोलाएको छ ।

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेका प्रस्तावबारे छलफल गर्न नेपाल-खनाल पक्षले बैठक बोलाएको हो । बैठक सोमबार बिहान ११ बजे भर्चुअल मार्फत छलफल गर्न लागेका हुन्।

आइतबार प्रधानमन्त्री  एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्था अवस्थाबाट अघि बढाउन आफू तयार रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले आइतबार बेलुका विज्ञप्तीमार्फत ६ बुँदे प्रस्ताव राखेका थिए ।

ओलीको प्रस्तावप्रति एकीकृत धारणा बनाउन नेपाल-खनाल पक्षले आज स्थायी कमिटी बैठकमा छलफल गर्न लागेको हो । स्थायी कमिटि बैठकमा छलफल गरेपछि अध्यक्षको प्रस्तावका सम्बन्धमा आफूहरुको धारणा सार्वजनिक हुने उनले बताए ।

यो पनि पढ्नुहोस

एमालेलाई जेठ ३ अघिको अवस्थामा फर्काउने ओलीको घोषणा

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);