सरकारले जारी गरेका अध्यादेश तत्काल फिर्ता लिन कांग्रेसको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सरकारले जारी गरेका अध्यादेश तत्काल फिर्ता लिन कांग्रेसको माग

deuba

काठमाडौं, ९ वैशाख । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले संवैधानिक परिषद् बैठक सञ्चालन र राजनैतिक दलसम्बन्धी सरकारले जारी गरेका अध्यादेश आपत्तिजनक रहेको भन्दै फिर्ता लिन माग गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार साँझ विज्ञप्तिमार्फत अध्यादेशप्रति आपत्ति जनाउँदै फिर्ता लिन माग गर्नुभएको हो ।

कोरोनाको संक्रमणसँग पुरै विश्व एक भएर लडिरहेको बेलामा सरकारले संविधानको मर्म विपरीत हुनेगरी ल्याएका दुवै विधेयकप्रति पार्टीको गम्भीर असहमति रहेको कांग्रेसको ठम्याई छ । साथै कांग्रेसले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको निष्कर्श निकालेको छ ।

कोरोनाको संक्रमणबाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबै खाले विमति र आग्रहहरूबाट माथि उठेर कांग्रेसले सरकारलाई हरसंभव सघाउँदै आएको र यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु पर्नेमा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना भएको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले दल विभाजन गर्न खुकुलो हुने गरी राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउने सरकारको निर्णयलाई बेमौसमी बाजाको संज्ञा दिएको समेत दिएको छ । नेकपाभित्रको शक्ति संघर्षको परिणामका रूपमा पनि कांग्रेसले अध्यादेशलाई व्याख्या गरेको छ ।

congress

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);