अध्यादेश तत्काल फिर्ता गर्न कांग्रेसको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अध्यादेश तत्काल फिर्ता गर्न कांग्रेसको माग

काठमाडौं, ३ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले जारी गरेको संवैंधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले उक्त माग गरेको हो ।

बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधानको मर्म र भावना विपरित रहेको भन्दै तत्काल फिर्ता गर्न माग गरेको जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले संसदको अधिवेशन बोलाउने बेला भइसक्दा पनि सरकारले अधिवेशन बोलाउन चासो नदेखाएको भन्दै ततकाल संसद अधिवेशन बोलाउन माग गरेको छ । बैठकले कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष समेत निकालेको छ ।

कोरोना नियन्त्रण तथा व्यवस्थापनमा सरकार गम्भिर नभएको कांग्रेसको ठहर छ । कोरोना नियन्त्रणको नाममा अनियमितता गर्नेहरुलाई कारबाही गर्न पनि बैठकले माग गरेको छ ।

यसैगरी उखु किसानले भुक्तानी नपाएर गरिरहेको आन्दोलनमा नेपाली कांग्रेसले समर्थन गर्ने निर्णय समेत बैठकले गरेको खाडले बताउनुभयो ।प्रमुख सचेतक खाँडले संवैधानिक राष्ट्रपतिनै संविधानको प्रतिकुलतामा उभिएको टिप्पणी समेत गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);