ओलीको आरोपः सरकारको हस्तक्षेपका कारण फिफाले एन्फालाई निलम्वन गरेको हो | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

ओलीको आरोपः सरकारको हस्तक्षेपका कारण फिफाले एन्फालाई निलम्वन गरेको हो

काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हस्तक्षेप गरेकाले अन्तर्राष्टिय फुटबल महासंघ (फिफा)ले  अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्वन गरेको आरोप लगाउनुभएको छ । नेपाल खेलकुद महासंघले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उक्त जिकिर गर्नुभएको हो । अध्यक्ष ओलीले खेलकुद क्षेत्रमा सरकारको हस्तक्षेपलाई रोक्न लागि पनि पार्टीका संवद्ध पक्षलाई निर्देशन दिनुभयो । उहाँले एन्फामाथि फिफाले लगाएको प्रतिबन्धबाट मनोवल गिराउने काम नगर्न पनि खेलकुद क्षेत्रमा सबैलाई अपिल गर्नुभयो ।

अध्यक्ष ओलीले खेलकुद क्षेत्रको जरैदेखि विकास गर्ने काममा सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता पनि औँल्याउनु भयो । देशको प्रतिष्ठा बढाउन खेलकुद क्षेत्रको योगदान हुने भएकाले पनि यस क्षेत्रको विकासमा सबैले पहल गर्नुपर्ने उहाँको भनाई थियो । अध्यक्ष ओलीले खेलकुद क्षेत्रको विकासमा आफू नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेको दाबी समेत गर्नुभयो ।

Leave a Reply

ताजा समाचार