फिफाले नेपालको एन्फालाई ५ लाख अमेरिकी डलर सहयोग गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

फिफाले नेपालको एन्फालाई ५ लाख अमेरिकी डलर सहयोग गर्ने

अखिल नेपाल फुटबल संघ एन्फा

काठमाडौँ, १४ बैशाख । कोरोना भाइरसको संक्रमणबाट जुध्न विश्व फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई पाँच लाख अमेरिकी डलर सहयोग गरेको छ । फिफाले एन्फासँगै विश्वभर फिफामा आबद्ध दुई सय ११ सदस्य राष्ट्रलाई आर्थिक सहयोगको घोषणा गरेको हो ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फिफा राहत कोषबाट सम्पूर्ण सदस्य राष्ट्रलाई एक सय ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोगको घोषणा गर्नुभएको छ । फिफाले पहिलो चरणमा कोरोनाबाट अति प्रभावित देशको फुटबल संघलाई सहयोग प्रदान गर्नेछ । फिफाले उक्त सहयोग रकम विभिन्न चरणमा प्रदान गर्दै जाने पनि उल्लेख गरेको छ । कोरोना भाइरसको महामारीले फुटबल समुदायमा निम्त्याएको चुनौती र समस्यालाई समाधान गर्नु फिफाको कर्तव्य भएको अध्यक्ष इन्फान्टिनोले बताउनुभएको छ ।

राहत रकम सुरुआतमा गम्भीर आर्थिक समस्या परेका संघलाई प्रदान गरिने जनाइएको छ । कोरोनाका कारण विश्वका अधिकांश देशमा फुटबल लिग स्थगित भएको छ । कतिपय ठूला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू एक वर्ष पछि सारिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);