दक्षिण कोरियाको 'के लिग' मे महिनाबाट सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दक्षिण कोरियाको ‘के लिग’ मे महिनाबाट सुरु हुने

k-league

एजेन्सी, १३ वैशाख । दक्षिण कोरियाको फुटबल के लिग आठ मेबाट शुरु हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको के लिग ८ मे बाट शुरु गर्ने तयारी गरिएको हो ।

पहिलो म्याच जियोबुक मोटर्स भर्सेज सुवोन ब्लूविंग्सबीच हुने छ । यो म्याच फेब्रुअरी २९ का लागि यसअघि तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरसको महामारीका कारण प्रतियोगिता स्थगित गरिएको थियो । कोरोनाको संक्रमण कोरियामा कमी आएसँगै खेलाडीहरु अभ्यासमा पनि फर्किसकेका छन् ।

लिग शुरु गरिए पनि मैदान भित्र र बाहिर खेलाडीहरुलाई सामाजिक दूरी कायम गर्न सरकारले भनिसकेको छ । खेलाडीहरुले हात मिलाउने छैनन् भने आफ्नै साथीहरुसँग पनि कुराकानी गर्न पाइने छैन ।

यो लिगको पूर्व अभ्यास म्याच भने पाँच मार्चमा विना दर्शक खेलाउने पनि तयारी गरिएको छ । दक्षिण कोरियामा अहिलेसम्म कोरोनाका कारण १० हजार ७ सय संक्रमित भएका छन् भने २ सय ४० जनाको मृत्यु भएकोे छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);