कोरोना महामारीका कारण जापानको अर्थव्यवस्थामा संकट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

कोरोना महामारीका कारण जापानको अर्थव्यवस्थामा संकट

japan economy

एजेन्सी, १ भदौ । कोरोना महामारीका कारण जापानको अर्थव्यवस्थामा संकट देखिएको छ । कोरोना भाइरसको महामारीका कारण जापानको कुल ग्राहस्थ उत्पादन जीडीपीमा इतिहासमै सबैभन्दा गिरावट आएको जनाइएको छ ।

विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक जापानमा पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा ७ दशमलव ८ प्रतिशतले जीडीपी घटेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन । कोरोना महामारीकाबीच चौपट भएको जापानी अर्थव्यवस्था जोगाउन अहिले नीतिनिर्मातामाथि दबाब दिइएको छ ।

अप्रिलदेखि जुनको त्रैमासिकमा जापानी अर्थव्यवस्थामा आधाभन्दा बढी योगदान दिने निजी खपतमा पनि ८दशमलव २ प्रतिशतले गिराववट आएको जनाइएको छ । जापानमा गत मे महिनाको अन्तिमतिर संकटकाल हटाइएको थियो । त्यसपछि व्यापार व्यवसाय शुरु गर्न अनुमति दिइएको थियो । जापानी अर्थविद्हरुका अनुसार जापानी अर्थव्यवस्थामा सुधार हुने–नहुने कुरा कोरोना महामारीको अवस्थामा भर पर्नेछ ।

यद्यपी जुलाईदेखि सेप्टेम्बरको त्रैमासिकमा दुई अंकमा आर्थिक वृद्धि हुने आशा गरिएको छ । जापानमा हालसम्म ५६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने एक हजार १ सय ३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);