अमेरिकामा डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन शुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

अमेरिकामा डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन शुरु

एजेन्सी , २ भदौ । अमेरिकामा डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन शुरु भएको छ । आसन्न राष्ट्रपति निर्वाचन नजिकिदै जादाँ राष्ट्रपतिका उम्मेदवारलाई परिचय गराउनेदेखि पार्टीको रणनीति बनाउन सम्मेलन आयोजना गरिएको हो ।

कोरोना भाइरसको महामारीका कारण डेमोक्रेटहरुको सबैभन्दा ठूलो सम्मेलन यसपटक भौतिक रुपमा नभएर भर्च्युअल रुपमा हुँदैछ । चार दिनसम्म चल्ने सम्मेलनले आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट जो बाइडेनलाई औपचारिक रुपमा उम्मेदवार घोषणा गर्ने बीबीसीले जनाएको छ ।

राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले उपराष्ट्रपतिमा सिनेटर कमला ह्यारिसलाई चयन गरिसकेको अवस्थामा यस सम्मेलनले बाइडेन र ह्यारिस दुबैलाई पार्टीको औपचारिक उम्मेदवार घोषणा गर्नुका साथै पार्टी रणनीतिबारे विस्तृत योजना पनि बनाउने छ । सम्मेलनमा डेमोक्रेट पार्टीका शीर्ष नेता र रिपब्लिकन नेताहरुले पनि सम्बोधन गर्ने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);