कोभिड संक्रमित देखिएपछि न्यूजील्यान्डको चुनाव चार हप्ता पछाडि सर्‍यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कोभिड संक्रमित देखिएपछि न्यूजील्यान्डको चुनाव चार हप्ता पछाडि सर्‍यो

एजेन्सी, १ भदाै। न्युजिल्याण्ड सरकारले कोरोना भाइरसको संक्रमण देखिएको भन्दै आम निर्वाचन ४ साताका लागि पछि सार्ने निर्णय गरेको छ । न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्दा आर्डेनले आगामी सेप्टेम्बर १९ का लागि तय भएको आम निर्वाचन अब एक महिना पछाडि अक्टोबर १७ मा गर्नेे घोषणा गर्नुभएको हो ।

न्यूजिल्याण्डले कोरोना शुन्यमा झरेको बताएको १ सय २ दिन पछि त्यहाँ पुनः संत्रक्रमण देखिएको जनाइएको छ । न्यूजिल्याण्डको शहर अकल्याण्डमा कोरोना भाइरस संक्रमण स्थानीय स्तरमा देखिएपछि निर्वाचन केही समयका लागि स्थगित गर्न सरकार माथि चर्काे दबाब परेको थियो ।

न्युजिल्याण्डको प्रमुख विपक्षी पार्टीले चुनावी सभा, जस्ता भेला हुने कार्यक्रम गर्न सम्भव नहुने भन्दै निर्वाचन सार्न माग गर्दै आएको थियो । प्रधानमन्त्री आर्डनले सारिएको मितिमा कुनै पनि हालतमा निर्वाचन हुने र अब सार्न नसकिने बताउनुभएको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);