बेलायतमा डिसेम्बरमा आम निर्वाचन हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बेलायतमा डिसेम्बरमा आम निर्वाचन हुँदै

एजेन्सी, १३ कात्तिक । बेलायतमा आगामी डिसेम्बर १२ तारिखमा आम निर्वाचन हुने भएको छ । संसद्को तल्लो सदन हाउस अफ् कमन्सले समय अगावै आम निर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव गरेको विधेयक बहुमतले पारित गरेसँगै आम निर्वाचन हुने पक्का भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

यसअघि हाउस अफ् कमन्सले समय अगावै निर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव अस्वीकृत गरेको थियो । यसको लगत्तै प्रधानमन्त्री जोनसनले निर्वाचन सम्बन्धि विधेयक नै प्रस्तुत गरेका थिए । निर्वाचनसम्बन्धी विधेयकको पक्षमा ४३८ तथा विपक्षमा जम्मा २० मत परेको थियो । अब माथिल्लो सदन हाउस अफ् लर्ड्सले उक्त विधेयक पारित गरे कानून बन्नेछ । माथिल्लो सदनले विधेयक पारित गरेसँगै निर्वाचन प्रचारका लागि पाँच हप्ताको समय बाँकी रहने बताइएको छ ।

बेलायतमा सन् १९ सय २३ पछि पहिलो पटक डिसेम्बर महिनामा निर्वाचन हुन लागेको हो । प्रधानमन्त्री जोनसनले युरोपियन युनियनबाट बाहिरिने ब्रेक्जिटबारे निर्णय लिने अवसर बेलायती नागरिकलाई दिनुपर्ने बताउनुभएको छ । निर्वाचनसँगै ब्रेक्जिट सम्झौताका लागि आफूलाई नयाँ जनादेश दिने र संसदमा जारी गतिरोध अन्त्य गर्ने प्रधानमन्त्री जोनसनले विश्वास व्यक्त गरेका छन् । पछिल्लो पाँच वर्षमा बेलायतमा हुनलागेको यो पाँचौ आम निर्वाचन हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);