ब्रेक्जिटको समय पछि धकेल्न आग्रह गर्नु भन्दा भीरबाट खसेर मर्नु उचित: बेलायती प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ब्रेक्जिटको समय पछि धकेल्न आग्रह गर्नु भन्दा भीरबाट खसेर मर्नु उचित: बेलायती प्रधानमन्त्री

एजेन्सी, २० भदौ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायत युरोपियन युनियनबाट बाहिरिने समय सीमा बढाउन आग्रह गर्नु भन्दा भीरबाट खसेर मर्न तयार रहेको बताएका छन् । बेलायत आउँदो अक्टोबर ३१ सम्म इयुबाट बाहिरिनु पर्ने वर्तमान समय सीमा रहेको छ । तर त्यसका लागि कुनै सहमति हुने देखिएको छैन ।

बिना सम्झौता बाहिरिने प्रधानमन्त्री जोन्सनको प्रस्ताव संसदबाट अस्वीकृत भएको छ । त्यस्तै अक्टोबर १५ मा आम चुनाव गर्ने प्रस्ताव पनि संसदबाट पारित हुन सकेन । यस्तो अवस्थामा इयुसँग समय सीमा बढाउन माग गर्नु पर्ने देखिएको हो ।

तर, प्रधानमन्त्री जोन्सनले आफू मर्न तयार रहेको तर समय सीमा बढाउने पक्षमा नरहेको बताएका हुन् ।प्रधानमन्त्री जोन्सनले आफू बिना सम्झौता इयुबाट देशलाई बाहिर लैजानका लागि तयार रहेको बताएका छन् । तर विपक्षी लेबर पार्टीले भने बिना सम्झौताको ब्रेक्जिट रोक्नु पहिलो प्राथमिकता रहेको जनाएको छ । प्रधानमन्त्री जोन्सनलाई संसदमा मात्रै होइन मन्त्रीपरिषदबाट पनि समस्याको सामना गर्नु परेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);