बोरिस जोन्सन आज बेलायतको नयाँ प्रधानमन्त्री बन्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

बोरिस जोन्सन आज बेलायतको नयाँ प्रधानमन्त्री बन्दै

boris john belayat

एजेन्सी, ८ साउन । बोरिस जोन्सन आज बेलायतको नयाँ प्रधानमन्त्री बन्दै छन् ।

जोन्सनले निवर्तमान प्रधानमन्त्री टेरिजा मेको ठाउँ लिने छन् । ब्रेक्जिट अर्थात बेलायतलाई युरोपियन युनियनबाट अलग गराउने अभियानका प्रमुख अभियन्ता जोन्स मंगलबार कन्जरभेटिभ पार्टीको नेतामा चुनिएका हुन् । उनले वर्तमान विदेश मन्त्री जेरोमी हन्टलाई पराजित गरेर बेलायतको भावी प्रधानमन्त्रीका रुपमा आफूलाई स्थापित गरेका हुन् । कन्जरभेटिभ पार्टीको नेताका लागि भएको चुनावमा जोन्सनले ९२ हजार १५३ मत पाए । अर्का प्रत्यासी हन्टले ४६ हजार ६५६ मत पाएका थिए । लण्डनका पूर्व मेयर तथा पूर्व पत्रकार जोन्सनले आज औपचारिक समारोहकाबिच बेलायतको प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हाल्ने छन् ।

उनले आउँदो अक्टोबर ३१ मा बेलायत डिल या विथआउट डिल युरोपियन युनियनबाट बाहिरिने बताएका छन् । तर ब्रेक्जिटकै विवाद मिलाउन नसक्दा पद छोडेकी टेरिजा मेका पूर्व विश्वास पात्र जोन्सनका लागि पनि सहज हुने छैन । उनले जसरी भए पनि बेलायत इयुबाट बाहिरिने बताएका छन् । तर पछिल्लो समय बेलायतीहरुमा इयुबाट नबाहिरिने पक्षमा मत बढ्दै गएको छ । उनीहरुले पुनः जनमत संग्रह हुनु पर्ने माग गरिरहेका छन् । विशेष गरी आयरल्याण्डसँगको सीमा व्यवस्थापन बारे विवाद रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ड्रम्पले जोन्सनलाई बधाई दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);