बोरिस जोनसनद्धारा प्रधानमन्त्रीको पदभार ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

बोरिस जोनसनद्धारा प्रधानमन्त्रीको पदभार ग्रहण

boris john belayat

एजेन्सी, ९ साउन । ब्रिटेनमा सत्ताधारी कन्जरभेटिभ पार्टीको नयाँ नेता चुनिएका बोरिस जोनसनले प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेका छन् ।

बकिङघम दरबारमा महारानी एलिजावेथ द्वितीयालाई भेटेपछि प्रधानमन्त्री कार्यालय तथा निवास टेन डाउनिंग स्ट्रिटमा फर्किएर जोनसनले देशवासीका नाममा सम्बोधन गरे । त्यस क्रममा आफूलाई महारानीले नयाँ सरकार गठन गर्न निम्तो दिएको र आफूले त्यसलाई स्वीकार गरेको उनले बताए । साथै जोनसनले युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनका लागि नयाँ सम्झौता गर्ने र युरोपसँगको भावी सम्बन्ध खुला व्यापार र आपसी सहयोगमा केन्द्रीत बनाउने उल्लेख गरेका छन् ।

उनले आगामी ३१ अक्टोबर भित्र यूके युरोपेली संघबाट अलग भइसक्नेमा आफू विश्वस्त रहेको पनि बताए । उनले ब्रिटेनका नागरिकहरूले लामो प्रतिक्षा गरिसकेको र अब परिणाम दिनुपर्ने समय आएको बताएका छन् । बुधबार दिउँसो सत्ता सम्हालेपछि कन्जरभेटिभ पार्टीका नयाँ नेता तथा प्रधानमन्त्री जोनसनले बरिष्ठ मन्त्रीहरूको नाम घोषणा गर्ने छन् । उनले मन्त्रीमण्डलको बरिष्ठ पदमा महिलाहरूको संख्या बढाउनुका साथै जातिय अल्पसंख्यकहरूको सहभागितामा पनि वृद्धि गर्ने अनुमान गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);