उत्तर कोरीयाद्वारा अचानक क्षेप्यास्त्र परीक्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उत्तर कोरीयाद्वारा अचानक क्षेप्यास्त्र परीक्षण

korea

परीक्षण गरिएका २ वटा साना क्षेप्यास्त्रले ३ सय माइलको दुरीसम्म मार हान्न सक्ने

एजेन्सी, ९ साउन । क्षेत्रीय स्तरमा सैन्य तनाव बढिरहेको समयमा उत्तर कोरियाले अचानक क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले बिहीबार दुईवटा साना दुरीका क्षेप्यास्त्र परीक्षण गरेको जनाइएको छ ।

दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण भएको पुष्टि गरेका हुन् । अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार उत्तर कोरियाले तटीय क्षेत्रबाट समुद्रमा क्षेप्यास्त्र परीक्षण गरेको हो ।

उत्तर कोरियाद्वारा परीक्षण गरिएका ती क्षेप्यास्त्र करिब ३ सय माइलको दुरीमा मार हान्न सक्ने क्षमताको रहेको दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् । अमेरिकी अधिकारीले पनि उत्तर कोरियाद्वारा भएको क्षेप्यास्त्र परीक्षणको पुष्टि गरेका छन् ।

तर, दक्षिण कोरिया र अमेरिकाले ती क्षेप्यास्त्रको बारेमा विस्तृत विवरण पाउन नसकेको बताएका छन् । दुवै मुलुकले ती क्षेप्यास्त्रबारे विस्तृत अध्ययन भइरहेको जनाएका छन् ।अमेरिकासँग वार्ता भएपछि उत्तर कोरियाले परमाणु कार्यक्रम स्थगित गर्ने घोषणा गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दुई चरणमा भएको वार्ता अपेक्षाअनुसार सफल भने हुन सकेको थिएन । केही साता अघि ट्रम्पले दुई कोरियाबीचको सीमा क्षेत्रमा पुगेर उत्तर कोरियाली नेता उनसँग भेटसमेत गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);