उत्तर कोरीयाद्वारा छोटो दुरीको क्षेप्यास्त्र परीक्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

उत्तर कोरीयाद्वारा छोटो दुरीको क्षेप्यास्त्र परीक्षण

korea

एजेन्सी, २४ भदौ । उत्तर कोरियाले दुई छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरियाली सेनाले जनाएअनुसार उत्तर कोरियाले राजधानी प्योङ्याङ नजिकैको फ्यानगान क्षेत्रबाट दुईवटा छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको हो ।

ती क्षेप्यास्त्र कोरियाली प्रायद्विपको पूर्वमा रहेको टापुमा परीक्षण गरेको जनाइएको छ । क्षेप्यास्त्र करिब ३ सय ३० किलोमिटर टाढा कोरियाली समुद्रमा खसेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यस विषयमा थप अनुसन्धान भइरहेको दक्षिण कोरियाली सेनाको भनाइ छ । ह्वाइट हाउसले पनि उत्तर कोरियाली हतियार परीक्षणबारे जानकारी प्राप्त भएको र यसबारे साझेदार मुलुकहरुसँग छलफल भइरहेको जनाएको छ । गत जुलाई यता उत्तर कोरियाले गरेको यो आठौं क्षेप्यास्त्र परीक्षण हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);