बेलायतका प्रधानमन्त्री जोन्सनको आम चुनावको प्रस्ताव दोस्रोपटक पनि अस्वीकृत | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बेलायतका प्रधानमन्त्री जोन्सनको आम चुनावको प्रस्ताव दोस्रोपटक पनि अस्वीकृत

boris johnson

एजेन्सी, २४ भदौ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले संसदमा लगेको आम चुनावको प्रस्ताव दोस्रो पटक अस्वीकृत भएको छ । प्रधानमन्त्री जोन्सनले आउँदो अक्टोबर १५ मा आम चुनाव गर्ने प्रस्ताव पुनः हाउस अफ कमन्सबाट स्वीकृत हुन सकेन ।

जोन्सनले चाँडो आम चुनाव गर्नका लागि संसदमा लगेको यो दोस्रो प्रस्ताव हो । यसअघि गएको हप्ता बिना सम्झौता बेलायत युरोपबाट बाहिरिने (नो–डिल ब्रेक्सिट) लाई मार्ग प्रशस्त गर्ने कानून पारित गराउने प्रयासमा असफल भएका प्रधानमन्त्री जोन्सनले लगत्तै आम चुनावको प्रस्ताव गरेका थिए । त्यस बेला पनि उनको प्रस्ताव स्वीकृत हुन सकेको थिएन ।

चुनाव सम्बन्धी प्रस्ताव पारित हुन दुई तिहाई सांसदको मत अर्थात ४३४ मत चाहिन्छ । तर जोन्सनले ल्याएको प्रस्तावको पक्षमा २९८ सांसदले मत दिए । विपक्षमा ४६ मत परेको छ । बाँकी सांसद मतदानको प्रक्रियामा सहभागी नै भएनन् । गएको हप्ता प्रधानमन्त्री जोन्सनले चुनावका लागि गरेको प्रस्तावको पक्षमा २९८, विपक्षमा ५६ र मत नदिने सांसदको संख्या २८८ थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);