बोरिस जोन्सनको ब्रेक्जिट नीतिलाई ठूलो झट्का | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

बोरिस जोन्सनको ब्रेक्जिट नीतिलाई ठूलो झट्का

boris johnson

एजेन्सी, १८ भदौ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन संसदीय प्रयासमा असफल भएका छन् । बिना सम्झौता बेलायत युरोपबाट बाहिरिने (नो–डिल ब्रेक्जिट) लाई मार्ग प्रशस्त गर्ने कानून पारित गराउने प्रयासमा प्रधानमन्त्री जोन्सन असफल भएका हुन् ।

सत्तारुढ पक्ष ट्रोयका केही सांसद तथा विपक्षी सांसदले प्रधानमन्त्री जोन्सनले ल्याएको विधेयक पारित हुन नदिएका हुन् । हाउस अफ कमन्समा भएको मतदानमा जोन्सनले ल्याएको विधेयकको पक्षमा ३०१ तथा विपक्षमा ३२८ मत परेको छ ।

यसको अर्थ अब इयुबाट बेलायतको बहिर्गनको मिति पछि सार्ने सम्बन्धी बिधेयक ल्याउन सकिने छ । संसदमा आफूले ल्याएको विधेयक असफल भएपछि प्रधानमन्त्री जोन्सनले चाँडै नै आम चुनावको घोषणा गर्न सक्ने बताएका छन् ।

लेबर पार्टीका नेता तथा संसदमा विपक्षी दलका नेता जेरोमी कोर्बिनले ब्रेक्जिटको मिति पछि सार्ने सम्बन्धी विधेयक सम्भावित चुनाव भन्दा पहिले नै पारित गर्नु पर्ने बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);