न्यूजिल्याण्डमा चिनियाँ पर्यटक चढेको बस दुर्घटना हुँदा ६ को मृत्यु, १७ घाईते | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

न्यूजिल्याण्डमा चिनियाँ पर्यटक चढेको बस दुर्घटना हुँदा ६ को मृत्यु, १७ घाईते

new zealand bus accident

एजेन्सी, १९ भदौ । न्युजिल्यान्डको रोटोर्वा नजिकै चिनियाँ पर्यटक चढेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १७ जना घाइते भएका छन् ।

न्युजिल्यान्डस्थित चिनियाँ दूतावासका अधिकारीहरुले उक्त दुर्घटनामा परी ६ जना चिनियाँ नागरिकको ज्यान गएको पुष्टि गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

सो दुर्घटना भएको समयमा २२ जना भन्दा बढी व्यक्ति बसमा सवार रहेको न्युजिल्यान्ड प्रहरीले जानकारी दिएको छ । चिनियाँ पर्यटक चढेको उक्त बस चीनको सिचुआन प्रान्तको पर्यटक समूहसँग आबद्ध भएको चिनियाँ दूतावासले जनाएको छ ।

न्यूजिल्याण्डका लागि चिनियाँ राजदूत वु सिले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइते चिनियाँ पर्यटकलाई सहयोग गर्न दूतावासका कर्मचारीलाई निर्देशन दिएका छन् ।

चिनियाँ दूतावासले न्युजिल्यान्ड सरकारलाई घाइतेहरुलाई बचाउन प्रभावकारी कदम चाल्न, दुर्घटनाको कारण छिटो भन्दा छिटो पत्ता लगाउन आग्रह समेत गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);