बस दुर्घटना हुँदा २८ जनाको मृत्यु, २७ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बस दुर्घटना हुँदा २८ जनाको मृत्यु, २७ घाइते

parchugal-Madeira-crash

काठमाडौं, ५ बैशाख । पोर्चुगलमा जर्मन पर्यटकहरु रहेको बस दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ ।

पर्यटकहरु बोकेर यात्रा गरिरहेको उक्त बस पोर्चुगलको आइल्याण्ड मडेइरामा सडकबाट खसेर दुर्घटना भएको हो । पोर्चुगलको राष्ट्रिय समाचार संस्था लुसाका अनुसार बानिको बजारमा भएको दुर्घटनामा अरु २७ जना घाइते भएका छन् । नेपाली समय अनुसार बुधबार राति सवा ११ बजे दुर्घटना भएको हो । चालकले बसको नियन्त्रण गुमाउँदा दुर्घटना भएको जनाइएको छ ।

सडकबाट तल खसेको बस ‘ओभरटर्न’ भएर तल रहेको घरमा ठोक्किएको हो । स्थानीय मेयर फिलिपे सोउसाले दुर्घटनाग्रस्त बसमा रहेका सबै पर्यटक जर्मन रहेको तर घाइते हुने तथा निधन हुनेमा केही स्थानीय बासिन्दा पनि रहेको हुन सक्ने बताएका छन् । अहिलेसम्म ज्यान गुमाएको पुष्टि भएका मध्ये ११ जना पुरुष र १७ जना महिला रहेका छन् । बसमा ५५ जना यात्रु रहेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);