उत्तर कोरियाद्वारा नयाँ प्रकारको हतियार परिक्षण, अमेरिकासंग संकट हुन सक्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

उत्तर कोरियाद्वारा नयाँ प्रकारको हतियार परिक्षण, अमेरिकासंग संकट हुन सक्ने

kim

काठमाडौं, ५ बैशाख । उत्तर कोरियाले टाढासम्म मार हान्न सक्ने नयाँ प्रकारको हतियारको परीक्षण गरेको बताएको छ ।

उत्तरकोरियाले रणनीतिक रुपमा निर्देशित नयाँ प्रकारको हतियारको परिक्षण गरेको उत्तर कोरीयाली संचारमाध्यमहरुले जनाएका छन । उक्त हतियारमा शक्तिशाली ‘वारहेड’ जडान गरिएको जनाइएको छ । उत्तर कोरियाले गएको वर्ष सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेता किम जोङ–उनसँगको भेट तथा यही बर्षको फेब्रअरीमा भियतनामको राजधानी हनोइमा भएको वार्तापछि पहिलोपटक सार्वजनिक रुपमा हतियार परीक्षण गरेको हो ।

फेब्रुअरीमा हनोइमा भएको वार्तामा सहमति जुट्न नसकेपछि सुधार हुँदै गरेको ठानिएको अमेरिका–उत्तर कोरिया सम्बन्धमा हतियार परिक्षणले पुनः संकट उत्पन्न गराएको छ । उक्त हतियार उत्तर कोरियाली नेता किम जोन उनकै उपस्थितिमा परीक्षण गरिएको जनाइएको छ । उत्तर कोरियाली नेता उन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच सिंगापुरमा भएको गत बर्षको वार्तामा उत्तर कोरियाले परमाणु परिक्षण स्थगित गर्ने जनाएको थियो । तर गत फेब्रुअरीमा भियतनाममा भएको वार्तामा भने कुनै सहमति जुटेको थिएन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);