क्षेप्यास्त्र परीक्षणलाई तिव्रता दिदै उत्तर कोरिया | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

क्षेप्यास्त्र परीक्षणलाई तिव्रता दिदै उत्तर कोरिया

kim jong

काठमाडौं, २७ बैशाख । उत्तर कोरियाले पुनः छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ ।

उत्तर कोरियाले उत्तरपश्चिममा रहेको सिनोरी क्षेत्रबाट हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको हो । सर्वोच्च नेता किम जोङ उनको व्यक्तिगत निरीक्षणमा छोटो दुरीका मल्टिपल रकेट लन्चरको परीक्षण गरेको लगत्तै उत्तर कोरियाले अर्को हतियार परीक्षण गरेको हो । दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले परीक्षण गरेको भनिएको पछिल्लो हतियारको किसिमबारे केही खुलाएको छैन । गत फेब्रुअरी महिनामा भियतनामको राजधानी हनोईमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको दोश्रो शिखर वार्ता असफल भए यता उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध बिग्रिदै गएका बेला उत्तर कोरियाले गरेको पछिल्लो हतियार परीक्षणलाई निकै महत्वका साथ हेरिएको छ ।

उता अमेरिकाले उत्तर कोरियाको एक मालबाहक समुद्री कार्गो जहाज नियन्त्रणमा लिएको छ । अन्तराष्ट्रिय नियम उल्लंघनको आरोपमा अमेरिकाले कोइला बोक्न प्रयोग गरिँदै आएको वाइज अनेष्ट नाम दिइएको उत्तर कोरियाली समुद्री जहाज नियन्त्रणमा लिएको हो । अमेरिकी न्याय विभागले उत्तर कोरियाको समुद्री जहाजले अन्तराष्ट्रिय प्रतिबन्धको उल्लंघन गरेकाले नियन्त्रणमा लिनुपरेको बताएको छ । संयुक्त राष्ट्रसंघले कोइला निर्यात गर्न उत्तर कोरियालाई प्रतिबन्ध लगाएको छ । प्रतिबन्धका बाबजुद उत्तर कोरियाले कोइला निर्यातको प्रयास गरेकाले नियन्त्रणमा लिएको अमेरिकी भनाइ छ । यसअघि सन् २०१८ मा पनि उत्तर कोरियाको यो जहाज इन्डोनेसियामा नियन्त्रणमा लिइएको थियो । उत्तर कोरियाले भने अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);