डोटीमा बस दुर्घटनाः तीन जनाको घटनास्थलमै मृत्यु, २९ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

डोटीमा बस दुर्घटनाः तीन जनाको घटनास्थलमै मृत्यु, २९ जना घाइते


डोटी, २८ साउन । डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

कैलालीबाट अछाम जाँदै गरेको ना६ख२५२९ नम्बरको बस मंगलबार साँझ दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा अछाम बान्नीगडी ३ बस्ने ६० वर्षका पदम साउद, चौरपाटी ७ बस्ने ३५ वर्षका टीकाराम विक र कैलालीको नारायपुर ४ की ५५ वर्षकी लक्ष्मा विक रहेका छन् ।

घाइते २९ जनामध्ये ११ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पुर्याइएको पूर्वीचौकी गाउँपालिकाका प्रमुख दिर्घराज वोगटीले माउण्टेन टेलिभिजनसँगको कुराकानीमा जानकारी दिनुभयो ।

अहिले घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयको सहयोगमा उद्दारकार्य जारी रहेको उहाँको भनाई छ ।

बस सडकबाट ३० मिटर तल खसेको छ । वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);