पाल्पाको निस्दीमा जिप दुर्घटनाः दुई जनाको मृत्यु, ६ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पाल्पाको निस्दीमा जिप दुर्घटनाः दुई जनाको मृत्यु, ६ जना घाइते

पाल्पा, २८ साउन । पाल्पाको निस्दीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मंगलबार बेलुकी निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु१ज२८८७ नम्बरको जिप गल्धाको पटकसर नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो भने ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा निस्दी गाउँपालिका–५, गल्धा गाँवुडाँडाका ६३ वर्षीय ठकुरप्रसाद फाल र निस्दी–४, मित्याल काफलका तीन महिने बालक रहेका छन् ।

त्यस्तै घाइते हुनेहरूमा निस्दी–५, गल्धाका ३८ वर्षीया सुमित्रा सारु, ३६ वर्षीया सेरमती सारु, २० वर्षीया लक्ष्मी सारु, ३७ वर्षीया तिलकुमारी सारु, निस्दी–४, मित्याल झ्यालतुङका २५ वर्षीया सृजना गाहा र निस्दी मित्यालकै, २२ वर्षीया विष्णुमाया सारु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घाइतेहरूलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा पठाइएको छ ।

जिप सडकदेखि करिब सात सय मिटर तल खसेको छ । दुर्घटनापछि चालक र सह–चालक भने फरार रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);