सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाईपासका स्थानीय आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाईपासका स्थानीय आन्दोलित

काठमाडौं, २७ साउन । हिलाम्मे सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाईपासका स्थानीय आन्दोलित भएका छन् । बालाजु बाइपासमा सडक विस्तारलाई तिब्रता दिन र तत्काल कालोपत्रे गर्न माग गर्दै स्थानीयले मंगलबार प्रदर्शन गरेका हुन् ।

बालाजु बाइपासमा २०१७ सालसम्म सरकारी विद्यालय र पाटी पौवा रहेको जग्गा व्यक्तिले हडपेर बिना लालपुर्जा किनबेच समेत गरिएको थियो । सडक विस्तार गरेर पासाङल्हामु राजमार्ग बनाउने क्रममा बाँकी रहेको सार्वजनिक जग्गा हडपेर बनाइएका टहरा २०७० सालमा हटाइएको थियो । स्थानीय पुष्प महर्जनले हिलाम्य सडकमा विगत ७ वर्षदेखि यात्रा गर्नुपरेको उल्लेख गर्दै सरकारलाई चाँडो बाटो कालोपत्रे गर्न माग गर्दै प्रदर्शन गरिएको बताउनुभयो ।

अर्का स्थानीय विरेन्द्र बहादुर वन्तले सुरुमा सडक विस्तारका लागि एकजुट भएका स्थानीयहरु अहिले कालोपत्रेका लागि एकजुट भएर सरकारलाई माग गरिरहेको बताउनुभयो । केही घर टहराहरुका कारण समस्या देखिएको उहाँले बताउनुभयो । एउटा भग्नावशेष घर बाँकी रहेकामा गत साता सडक विभाग र उपत्यका विकास प्राधिकरणले उक्त भग्नावशेष हटाएर सडक विस्तार गरिरहेको छ । तर ति टहरामा बसीरहेकाले अनावश्यक विवाद निकालेको भन्दै स्थानिय सडक निर्माणका लागि आन्दोलनमा उत्रिनु परेको उहाँले बताउनुभयो ।

स्थानीय विश्वराम सापकोटाले निर्वाचित जनप्रतिनिधि आउनुभन्दा पहिले देखिको समस्या भएपनि आज जनप्रतिनिधि निर्वाचित भएर आएपनि समस्या उस्तै रहेको बताउनुभयो ।

बाटो विस्तारका क्रममा बाँकी रहेको भग्नावशेषका कारण बालाजुको उत्तरी क्षेत्रका सर्वसाधारणले वर्षौंदेखि सास्ती व्यहोर्दै आएका छन् । आफुहरुको समस्या समाधानका लागि सरकारले पहल गरेपनि सार्वजनिक जग्गा हडपेकाहरुले अनावश्ययक दुःख दिएकाले आफुहरु सडकमा उत्रिएको स्थानीयको भनाइ छ । सरकारले सार्वजनिक जग्गा र त्यसमा बनेका अस्थायी संरचना हटाइसकेको छ ।

बालाजु बाइपासको खराब सडकका कारण लामो समयदेखि बाइसधारा उद्यान र त्यहाँ रहेको वाटर पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि घटेको छ । ऐतिहासिक बाइसधारा पार्कलाई व्यवस्थित बनाउन र पर्यटकीय क्षेत्रमा आवागमन सहज बनाउनका लागि सार्वजनिक जग्गा हडपेर बसेकाहरुलाई विस्थापन गराउनका लागि स्थानियले पटक पटक माग गर्दै आइरहेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);