दश दिन पनि टिकेन कालोपत्रे | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

दश दिन पनि टिकेन कालोपत्रे

पुष्कर भट्ट । १ असार, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वार्ड न. १२ स्थित ऐरी–ओदाली सडक बन्दा बन्दै भत्किएको छ । ऐरी–ओदाली गाँउका स्थानीयले सडक गुणस्तरहिन भएको भन्दै बिरोध समेत गरेका छन् । धेरै समय पछि आफनो गाउटोलमा कालोपत्रे सडक बन्दा खुसी भएका स्थानीय अहिले बन्दा बन्दै सडकको कालोपत्रे उप्किन थालेपछि भने दुखी भएका छन् ।

ऐरी ओदाली सडक खण्डमा १० दिन अघि मात्रै कालोपत्रे गर्न सुरु गरिएको थियो । तर, स्थानीयले गुणस्तरिय सडक बनाउन माग गर्दै विरोध गरेका छन्  । ढिलै भएपनि लामो समयपछि आफ्नो गाउँ ठाउँमा कालोपत्रे सडक बन्न लागेकाले यहाँका स्थानिय निक्कै खुशि थिए । तर, अहिले सडक पुरै कालोपत्रे गरिनसक्दै उप्किन थालेपछि भने स्थानिय दुखि भएका छन् ।

स्थानीय कृष्ण सिह देउवाले काममा लापरबाही गरेका कारण किनार र बिचविचमा प्वाल परेको र आफुहरुले राम्रो काम गर्न माग गरे पनि जनताको कुरा सरोकारबालाले नसुनेको भनदै गुनासो गरे ।

अर्का स्थानीय सन्तराम पन्तले सडकसडक डिभिजन कार्यालयको लार्पबाही र उदाशिनताका कारण कालोपत्रे गुणस्तर नबनेको बताए ।

त्यस्तै सडक डिभिजन कार्यालय कञ्चनपुरका ईन्जिनियर खगेन्द्र शाही स्वयम् सडक निर्माणमा गुणस्तरिय काम नभएको स्विकार गर्छन् ।

कुल ४३ लाख, ५४ हजारमा टेण्डर आब्हान भएकोमा झण्डै आधा २२ लाखमा रश्मी विल्डर्सले निर्माणको जिम्मा पाएको थियो । रश्मी विल्डर्सका संचालक शक्ति पन्त विष्टले भने काम गुणस्तरिय भएको दावि गरेकी छिन् । साथै निर्माण भैरहेको समयमा सवारी गुडेका कारण यस्तो समस्या आएको बताउदै निमार्ण कम्पनि पन्छिन खोज्दै छ ।

यसरी बनाएको १० दिन पनि नबित्दै सडक भत्कँदा पनि आवश्यक छानविन भने हुन सकेको र्छैन । स्थानीयहरुले सडकमा भएको अनियमितता र लापर्वाहीको छानविनको माग गरेका छन् । 

अघिल्लो समाचार

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);