भू–माफियाको चलखेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

भू–माफियाको चलखेल

राकेश यादव । ३१ जेठ, रौतहट । रौतहतबासीको धरोहरको रुपमा रहेको गौर राइस मिलको जग्गा बिक्री गर्न भू—माफियाहरु सलबलाउन थालेपछि रौतहतका स्थानीयहरुले त्यसको घोर विरोध उत्रिएका छन । जग्गा अधिग्रहणका लागि रौतहटबासीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

भू–माफियाको चलखेल

राकेश यादव । ३१ जेठ, रौतहट । रौतहतबासीको धरोहरको रुपमा रहेको गौर राइस मिलको जग्गा बिक्री गर्न भू—माफियाहरु सलबलाउन थालेपछि रौतहतका स्थानीयहरुले त्यसको घोर विरोध उत्रिएका छन । जग्गा अधिग्रहणका लागि रौतहटबासीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन् । गौर राइस मिल्स रौतहटबासीको धरोहर हो । आफ्नो धरोहर माथि भू—माफियाहरुको गिद्धे नजन पर्नथालेपछि रौतहटवासीले यसको प्रतिकार गर्दै उक्त जग्गालाई अधिग्रहण गर्न प्रमुख जिल्ला अधिकारी समक्ष हारगुहार गरेका छन् ।

राईस मिल्सको जग्गा जग्गा धनीलाई उचित मुआब्जा दिइ अधिग्रहण गर्न यसअघि नै व्यवस्था मिलाइएको थियो । तर, उक्त प्रक्रिया शुरु हुनलागेको अवस्थामा भूमाफियाहरुले उक्त जग्गालाई टुक्रा टुक्रामा विभाजित गरी विक्री गर्न खोजेपछि स्थानीय बासिन्दा, नागरिक समाज, राजनीतिक दल, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ लगायत विभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा बुधवार प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापा समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।

गौर नगरपालिकाको यसपालीको नगरपरिषदबाट उक्त जग्गा अधिग्रहण गर्नका लागि प्राथमिकताको साथ मुआब्जा दिई सार्वजनिकीकरण गर्ने कार्य तदारुक्ताका साथ अगाडि बढिरहदा भूमाफियाहरुले एकाएक जग्गा विक्री गर्न खोजेका आरोप लगाउदै उक्त जग्गा विक्री वितरण हुनबाट जोगाउनका लागि प्रजिअ समक्ष ज्ञापन पत्र बुझाइएको नागरिक समाजका उपाअध्यक्ष गौरी कान्त मिश्राले बताउनु भयो ।

गौर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोषकुमार मिश्रले भू माफियाहरु जति चलखेल गरे पनि रौतहटबासीको धरोहरलाई रक्षा गर्ने बताउनु भएको छ । .गौरका लागि राइस मिल्सको जग्गा निकै महत्वपूर्ण रहेको छ । भूमाफियाहरुले यो जग्ग्गाप्रति गिद्दे नजर लगाए पनि यसको रक्षार्थ अहिले यहाँका जनताहरुर निकै सक्रियतका साथ लागेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);