चावहिल–साँखु सडक : पिच माग गर्दै जनता, आलटाल गर्दै सरकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

चावहिल–साँखु सडक : पिच माग गर्दै जनता, आलटाल गर्दै सरकार

chabahil-sankhu road

काठमाडौं, १४ असार
–वैशाख २५ गते बौद्ध व्यापार संघ र स्थानीयले सडक पिचको माग राख्दै बौद्ध गेट अगाडिको सडकमा आन्दोलन गरे।
–वैशाख २६ गते चुच्चेपाटी–बौद्ध–जोरपाटी मूल सडक संघर्ष समितिले बौद्ध सडक क्षेत्रमा टायर बालेर सडक पिचको माग राखेर आन्दोलन गर्‍यो।
–जेठ २८ गते थलीका स्थानीयले सडक स्तरोन्नतिको माग गर्दै थली चोकमा टायर बालेर आन्दोलन गरे।
– असार ९ गते बाटोकै विषयलाई लिएर साँखुका स्थानीयले मुर्दावादको नारा लगाउँदै शंखरापुर नगरपालिकाको बजेट अधिवेशनमा सम्बोधन गर्न पुगेका नेता पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता माधवकुमार नेपालको बाटो छेके।

काठमाडौं उपत्यकावासीले सडक कालोपत्रे गर्न माग गर्दै आन्दोलनमा उत्रिएका केही प्रतिनिधिमूलक घटना हुन् यी। धुलाम्मे र हिलाम्मे सडकबाट आजित भएर सर्वसाधारण सडक कालोपत्रे गरिदेऊ भन्दै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको छ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजना र ठेकेदार कम्पनीको ढिलासुस्ती र आलटालको कारणले उपत्यकाका सडक वर्षाैदेखि लथालिंग अवस्थामा छन्। तर, सडक कालोपत्रे हुने कुनै छाँटकाट देखिएको छैन। सरकारले एक वर्ष भित्रमा कालोपत्रे हुने बताएको थियो। तर, सरकारले तोकेको म्याद सकिँदा समेत पिच हुन सकेन।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

पछिल्लो समाचार

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);