स्थानीयको आन्दोलनपछि रातारात मर्मत हुँदै कलंकी-सोल्टीमोड सडक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्थानीयको आन्दोलनपछि रातारात मर्मत हुँदै कलंकी-सोल्टीमोड सडक

kalanki-solti sadak

प्रतिक्षा शर्मा
काठमाडौं, १ मंसिर । काठमाडौं महानगरपालिकाको वडा नम्बर १४ का स्थानीय बासिन्दाले कलंकीचोक देखि सोल्टीमोड सम्मको सडक समयमै कालोपत्रे नगरेको भन्दै आन्दोलन गरेपछि सडक बनाउने काम हुन थालेको छ ।

काठमाडौं महनगरपालिकाको वडा नम्बर १४ मा पर्ने कलंकी–सोल्टीमोड सडक मर्मतको माग सहित आन्दोलन गर्दै आएका स्थानीयवासीले झण्डै एक घण्टा सडक अवरुद्ध गरेसंगै खाल्डा खुल्डी र धुलोधुवायुक्त सडक रातारात धमाधम निर्माण्को कार्य हुन थालेको छ । यो सडक त उदाहरण मात्रै हो, काठमाडौंका हरेक स्थानका सडकहरु यस्तै अवस्थामा रहेका छन । बनाउन को लागी बिगारीन्छ तर अलपत्र गरेर छोडिन्छ ।

विगत ४ वर्षदेखि विभिन्न बाहानामा उक्त सडक भत्काउने काम मात्र भएको तर मर्मत भने नभएको भन्दै स्थानीयले आक्रोस पोखेपछि अहिले सडक बनाउने काम भइरहेको छ । स्थानीयले सडक मर्मत र कालोपत्रे गर्नका लागि पटक पटक सम्बन्धित निकायमा आग्रह गर्दा पनि सुनुवाइ नभएको भन्दै आन्दोलनमा नै उत्रिनु परेको हो ।

सडकको धुलो र धुवाका कारण दैनिक आवात जावतमा समस्या हुनुका साथै जन स्वास्थ्यमा असर पार्न थालेपछि आन्दोलन गर्न बाध्य हुनुपरेको थियो तर पनि सडक फेरिपनि बन्ला भन्ने तर्फ उनीहरु अक्रै अन्योलमै छन ।

मेलम्ची खानेपानी आयोजनाले उक्त क्षेत्रको सडममा आगामी मसिंर ८ गतेसम्ममा पाइप बिच्छाउने काम सक्ने प्रतिबद्धता जनाएकोले पाइप बिच्छाउने काम सम्पन्न भए लगतै उक्त सडक कालोपत्रे गरिने छ ।

बिभिन्न बहानामा राजधानीका सडक खन्ने तर खाल्डा नपुर्ने प्रबृत्ति देखिदा सर्बसाधारण आजित बनेका छन । सडकको धुवाधुलोले जनस्वासथ्यमा गम्भीर असर पारेको त छदैछ सडकका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम पनि त्यत्तिकै बढाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);