ललितपुरको चापागाउँमा सडक कालोपत्रे गर्न माग गर्दै स्थानीय आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

ललितपुरको चापागाउँमा सडक कालोपत्रे गर्न माग गर्दै स्थानीय आन्दोलित

पुष्पा पोखरेल
ललितपुर, ३१ बैशाख । ललितपुरको चापागाउँमा सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयवासीले गरेको आन्दोलन चर्किदै गएको छ । स्थानीयले दिनभर चापागाउँ, टाहाखेल, प्याङगाउँ लगाएतका मुख्य चोकमा सडक बन्द गर्नुका साथै सडक विभाग अगाडि धर्ना समेत दिएका छन् ।

विगत ६ दिनदेखि ललितपुर चापागाउँका स्थानीयबासीले चापागाउँको बाटो ठप्प पार्दै आएका छन् । विहान ७ बजेदेखि नै बाटो अबरुद्व हुँदा कार्यालय समयमा हिंडेका यात्रुहरुलाई दिनदिनै कठिनाई भईहेको छ ।

आफनो निजी साधन हुनेले बैकल्पिक बाटो रोजी जसोतसो गन्तव्यमा पुग्ने गरेका छन् । तर सार्वजनिक यातायातमा यात्रा गर्नेहरुले भने निकै सास्ती पाइरहेका छन् । समयमै गन्तव्यमा पुग्न पनि सकिरहेका छैनन् ।

सडक विस्तारको बहानामा विगत दुइ वर्षदेखि बिग्रीएको सडक नबनाएको र सडकबाट आएको धुलो धुंवाले मानव स्वास्थ्यमा असर परेको भन्दै स्थानीय निकै आक्रोशित छन् । आक्रोशित स्थानीयहरुले सडक विभाग अगाडी नारा जुलुससहित धर्ना दिएका छन् । उनीहरु भन्छन, “बाटो हे-यौं पटक पटक, अब पछि हटदैनौं यस पटक।”

सडक विस्तार भएसँगै बाटो कालोपत्रे गर्ने भनेपनि सडक विस्तार नहुंदा स्थानीय जनता २ वर्षदेखि बिग्रिएकै बाटोमा हिलो, धुलो र धुंवासंगै यात्रा गर्न बाध्य छन् । हाम्रो दुख कस्ट कस्ले देख्छ ? प्रश्न गर्दै स्थानीयहरु भन्छन्, हामीले सरकारको दोहोरो रुपैयाँ खर्च नहोस भनेर त कुरेकै हौ, अब त अति भो ।

सडक विभाग अगाडि धर्नामा बसेका ललितपुर चापागाउँका स्थानीयवासी सडक विभागको निर्णयपछि झन रुष्ट बनेका छन् । विगतमा पनि पटक पटक बैठक बसी टारेको र यस पालि पनि फेरी छलफल गर्ने भनि टार्न खोजेको भन्दै आक्रोशित बनेका स्थानीयले थप आन्दोलनका कार्यक्रम अगाडि बढाउने घोषणा समेत गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);