Our Network

कार्तिक १ २०७८, सोमबार

उदयपुर, १६ भदौ । उदयपुरको त्रियुगा नगरपालिका– ६ स्थित जलजले–भाण्टाबारी सडकखण्ड कालोपत्रे सम्पन्न नुहँदै भत्किन थालेपछि स्थानीय आक्रोशित भएका छन् ।

 

ठेकेदारले गुणस्तरहीन काम गर्दा पनि सडक विभागका कर्मचारीले बेवास्ता गरेको आरोप लगाउँदै उनीहरुले सडक निर्माणमै अवरोध पुर्याएका छन् । निर्माणाधीन सडकमा ठेकेदार कम्पनीले इस्टिमेटभन्दा कम सिमेन्ट र नचालेको गिटी बालुवा प्रयोग गरेपछि सडक भत्किएको स्थानीय बताउँछन् ।

 

निर्माण सम्पन्न नै नभई सडक भत्किएको विषयमा सडक डिभिजन कार्यालय लहानलाई पटक–पटक जानकारी गराए पनि बेवास्ता गरेको उनीहरुको आरोप छ ।

 

दुई करोड ३० लाख रुपैयाँमा सिमेन्ट ढलानसहितको आठ सय ८० मिटर पक्की सडक निर्माण गर्न ठेकेदार कम्पनी इलाइट विकास जेभी र जाल्पा विल्डर्सले जिम्मा दिइएको छ ।