आज भदौ १६ : इराकमा १२ नेपालीको विभत्स हत्या भएको कालो दिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाण्डौँ, १६ भदौ । इराकमा १२ नेपालीको बर्बरतापूर्वक हत्या भएको १३ वर्ष पूरा भएको छ । रोजगारीका लागि इराक पुगेका १२ नेपालीको वि.सं. २०६१ साल भदौ १५ गते आतंककारी समूहबाट हत्या भएको थियो ।

 

रोजगारीको खोजीमा इराक पुगेका १२ नेपाली भदौ ४ गते आतंककारीको अपहरणमा परेका थिए । उनीहरुको हत्यापछि राजधानी काठमाण्डौँमा तोडफोड भएको थियो ।

 

काठमाण्डौँमा भड्केको दंगाका क्रममा उछृंखल समूहले वैदेशिक रोजगार कम्पनीमाथि तोडफोड, लुटपाट, र आगजनी गरेका थिए । त्यसैले वैदेशिक रोजगार व्यवसायीले भदौ १६ लाई कालो दिनका रूपमा मनाउँदै आएका छन् ।

 

इराकमा नेपालीको हत्याकाण्ड र राजधानीमा म्यानपावरमाथी अराजक तरिकाले भएको आक्रमणको आज १३ वर्ष पूरा भएको हो ।

 

इराकमा आतंककारीको अपहरण गरी १२ नेपालीहरुको हत्या गरिएको घटनालाई समेटेर ‘१२ नेपाली एक चिहान’ नामक फिल्म समेत निर्माण भएको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);