इराकमा १२ नेपाली हत्या भएको १७ वर्ष पुरा | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

इराकमा १२ नेपाली हत्या भएको १७ वर्ष पुरा

काठमाडौं । आज इराक हत्याकाण्डको १७ वर्ष पूरा भएको छ । रोजगारीका लागि इराक पुगेका १२ नेपालीको १६ भदौ २०६१ मा हत्या भएको थियो ।

इस्लामिक संगठन अन्सर अल सुन्नाले हत्या गरेको थियो । सो घटनालाई लिएर वैदेशिक रोजगार व्यवसायी संघ–संस्थाले आजको दिनलाई कालो दिनमा रुपमा मान्ने गरेका छन् ।

ती नेपालीलाई काठमाडौंको मुनलाइट म्यानपावर कम्पनीले जोर्डनमा आकर्षक जागिरको लोभ देखाएर झुक्याउँदै इराक पु¥याएको थियो । घटना लगत्तै काठमाडौं लगायत देशका मुख्य सहरका म्यानपावर कम्पनी, सरकारी कार्यालयसँगै खाडी मुलुकका दूतावासमा नेपालीले आक्रमण गरेका थिए ।

नेपालीका लागि इराकमा वैदेशिक रोजगारी अवैध रहे पनि गैरकानुनी बाटोबाट कामदार लैजाने गरिन्छ ।

घटनाको करिब एक वर्षपछि मात्र १२ मृतक परिवारका तर्फबाट सैन्य ठेक्कापट्टामा संग्लन कम्पनी केल्लोग ब्राउन एन्ड रुट (केबीआर) विरुद्ध मुद्दा दायर गरिएको थियो । र, लामो कानुनी लडाइँपछि पीडित परिवारले क्षतिपूर्ति पाएका थिए । १७ वर्ष अघिको त्यो क्रुर हत्या घटनाको घाउ भने आबलो नै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);