अमेरिकी पूर्व रक्षामन्त्री रम्सफेल्डको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

अमेरिकी पूर्व रक्षामन्त्री रम्सफेल्डको निधन

एजेन्सी । अमेरिकी पूर्व रक्षामन्त्री डोनाल्ड रम्सफेल्डको ८८ वर्षको उमेरमा निधन भएको छ । ८८ वर्षको उमेरमा डोनाल्ड रम्सफेल्डको निधन भएको पुष्टि भएको परिवारीक सा्रेतले सार्वजनिक गरेको हो ।

रम्सफेल्ड सन् २००३ मा इराकमा अमेरिकी आक्रमणका प्रमुख मुख्य योजनाकार रम्सफेल्डलाई अमेरिकी सेनाको आधुनिकीकरणका प्रमुख व्यक्ति मानेको थियो ।

रम्सफेल्डले सन् १९७० को शुरुमै राष्ट्रपति गेरार्ड फोर्डको प्रशासनका समयमा रक्षामन्त्रीको पद समेत समालेका थिए । उनी सन् २००० को शुरुमा राष्ट्रपति जर्ज डब्लु बुशको कार्यकालमा पनि रक्षामन्त्री भएका थिए ।

रम्सफेल्ड रक्षामन्त्री रहँदा दुई वटा द्वन्द्वको सामना गर्नु परेको थियो । पहिलो, सन् २००१ मा अमेरिकी भूमिमा इस्लामिक स्टेटले गरेको आतंकवादी आक्रमणपश्चात अफगानिस्तानमा सैन्य कारबाही र सन २००३ मा इराक युद्धमा सहभागी ।

बुशको समर्थन भएपनि रम्सफेल्डले इराक युद्धमा अमेरिकी भूमिकालाई लिएर अमेरिकी र नेटोका सदस्य मुलुकहरुले प्रश्न उठाएपछि सन् २००६ मा आफ्नो पदबाट राजीनामा दिएका थिए ।

खासगरी, इराकमा आम विनाशकारी हतियारको भण्डार रहेको भन्ने रम्सफेल्डको भनाईलाई विवाद उत्पन्न भएको थियो ।

पूर्व राष्ट्रपति जर्ज डब्लु बुशले बुधबार विज्ञप्ति प्रकाशन गरी रम्सफेल्डका कार्यहरुको प्रशंसा गर्दै रम्सफेल्ड उदाहरणीय निजामती प्रशासक र एक निकै नै असल व्यक्ति रहेको गुमाएको भन्दै दुख व्यक्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);