इतिहासमा आज :अमेरिकी महिलामा मतदान अधिकारदेखि नामिवियामा स्वतन्त्रताको युद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

इतिहासमा आज :अमेरिकी महिलामा मतदान अधिकारदेखि नामिवियामा स्वतन्त्रताको युद्ध

एजेन्सी । आजको मितिमा संसारमा महत्वपूर्ण घटना भएका थिए । सन् १९२० को अगस्ट २६ मा अमेरिकी सविधानमा १९औँ संशोधनदेखि नामिवियाको स्व्तन्त्रताको युद्ध आजकै मितिमा भएको थियो ।

प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः अमेरिकी महिलामा मतदान अधिकार

सन् १९२० को अगस्टअघिसम्म अमेरिकी महिलालाई पुरुषसरह मतदानको अधिकार थिएन । अर्थात यसअघि भएका निर्वाचनमा पुरुषले मात्र मतदान गर्थे । सन् १९२० को अगस्ट २६ मा अमेरिकी सविधानमा १९औँ संशोधन भएको थियो । संशोधनले आमचुनावमा महिलालाई पनि पुरुषसरह मतदान गर्ने अधिकार सुनिश्चित गरिएको थियो ।

सिनेटर आरोन ए सर्जेन्टले १८८७ मा पहिलो पटक संसदमा सो प्रस्ताव ल्याएका थिए । सन् १९१९ मा संसदले सो प्रस्तावमा समर्थन जनाई पारितका लागि पठाएको थियो ।

नामिवियामा स्वतन्त्रताको युद्ध सुरु

सन् १९६६ को अगस्ट २६ देखि नामिवियामा स्वतन्त्रताका लागि युद्ध सुरु भएको थियो । दक्षिण अफ्रिकी रक्षा फौजको हमलासँगै दक्षिण अफ्रिकी सरकारबिरुद्धको २४ वर्ष लामो विद्रोह सुरु भएको थियो । नामिवियाले २१ मार्च १९९० मा स्वतन्त्रता पाएको थियो । त्यसपछि हरेक २६ अगस्टलाई उसले ‘हिरो डे’ को रुपमा स्मरण गर्छ ।

अमेरिकी प्रख्यात नागरिक अभियन्ताको निधन

अमेरिकाको प्रख्यात नागरिक अधिकारवादी ब्वाइनटन रबिन्सनको मृत्यु २६ अगस्ट २०१५ मा भएको थियो । उनकै अगुवाइमा आयोजित सेल्मा मार्चले अमेरिकामा नागरिक अधिकार प्राप्तिमा महत्वपूर्ण भूमिका खेलेको थियो । सेल्मा मार्चले अमेरिकी सरकारलाई मतदान अधिकारसम्बन्धी कानुन ल्याउनसमेत दबाब दिएको थियो । रबिन्सनको १०४ वर्षको उमेरमा निधन भएको थियो ।

अन्तरीक्षमा पुग्ने पहिलो जर्मनी

पूर्वी जर्मन हवाई फोर्सका चालक सिग्मंड जान आजकै दिन अन्तरीक्षमा पुगेका थिए । उनी सोयुज ३१ नामक यानको कारिन्दाको एक सदस्य बनेर सल्युट ६ अन्तरीक्ष स्टेशनमा गएका थिए ।

अमेरिका र अस्ट्रेलियाबीच डेभिस कप

अमेरिकी टेलिभिजन च्यानल एनबीसीले सन् १९५५ को अगस्ट २६ मा पहिलो पटक टेनिस खेल देखाएको थियो । अमेरिका र अस्ट्रेलियाबीचको डेभिस कप म्याचलाई एनबीसीले प्रसारण गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);