पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको निधन

एजेन्सी । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफ (रिटायर्ड)को दुबईको एक अस्पतालमा निधन भएको छ । लामो समयदेखि बिरामी भएका मुशर्रफको मृत्युबारे पाकिस्तानी च्यानल जियो न्यूजले कूटनीतिक स्रोतलाई उद्धृत गर्दै जानकारी दिएको हो । मुशर्रफको ७९ वर्षको उमेरमा आइतबार दुबईको अस्पतालमा निधन भएको छ ।

पूर्व सैन्य शासक दुबईको एक अमेरिकी अस्पतालमा रोगको उपचार गराइरहेका थिए। परवेज मुशर्रफको जन्म ११ अगस्ट १९४३ मा भारतको राजधानी दिल्लीमा भएको थियो । उनी १९ अप्रिल १९६१ मा पाकिस्तान मिलिटरी एकेडेमी काकुलबाट कमिसन भएका थिए। परवेज मुशर्रफलाई १९९८ मा जनरलको पदमा बढुवा गरी सेना प्रमुख (सीओएएस)को पदभार ग्रहण गरे ।

परवेज मुशर्रफ सन् १९९९ मा सफल सैनिक विद्रोहपछि पाकिस्तानको राष्ट्रपति बनेका थिए । उनले १९९८ देखि २००१ सम्म पाकिस्तानको स्टाफ कमिटी को १० औं अध्यक्ष र १९९० देखि २००७ सम्म ७औं शीर्ष जनरलको रूपमा सेवा गरे।

रिपोर्टका अनुसार उनी बिरामी भएपछि केही सातादेखि अस्पतालमा भर्ना भएका थिए । परवेज मुशर्रफ सन् २०१६ देखि दुबईमा बस्दै आएका थिए र पछिल्लो आठ वर्षदेखि युएईमा उपचार गराइरहेका थिए । मुशर्रफले यसअघि आफ्नो बाँकी जीवन पाकिस्तानमा बिताउने इच्छा व्यक्त गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);