परवेज मुशर्रफको आज कराँचीमा दाहसंस्कार गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

परवेज मुशर्रफको आज कराँचीमा दाहसंस्कार गरिने

एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफको कराचीमा अन्त्येष्टि गरिने भएको छ । सैनिक क्यान्टोन्मेन्ट क्षेत्रमा सबै तयारी पूरा भइसकेको भएपनि मुसर्रफको शव दुबईबाट विशेष विमानबाट आउन बाँकी छ । अन्त्येष्टिमा ढिलाइ हुन सक्ने जनाइएको छ । शव ल्याउने समय तोकिएको छैन तर सबै व्यवस्था मिलाइएको स्रोतले जनाएको छ । एक्सप्रेस ट्रिब्यूनका अनुसार उनलाई मंगलबार कराँचीको पुरानो आर्मी कब्रिस्तानमा गाडिनेछ ।

पूर्व सैनिक शासकको शव सोमबार दिउँसो कराँची विमानस्थलमा पुग्नु पर्ने थियो तर युएईस्थित पाकिस्तानी नियोग र पाकिस्तान सरकारबीच एनओसी प्रक्रियामा ढिलाइ भएपछि शव ल्याउन ढिलाइ भएको हो । परराष्ट्र कार्यालयका अधिकारीले युएईमा रहेको पाकिस्तानी दूतावासमा मुसर्रफको परिवारसँग सम्पर्कमा रहेको र उनीहरूलाई सबै सुविधा उपलब्ध गराएको बताए । लामो समयदेखि बिरामी परवेज मुशर्रफको आइतबार दुबईमा निधन भएको हो ।

मुशर्रफ सन् १९९९ मा भारत र पाकिस्तानबीच भएको कारगिल युद्धका शिल्पकार थिए । पाकिस्तानमा उनीविरुद्धको आपराधिक मुद्दाबाट बच्न उनी सन् २०१६ देखि संयुक्त अरब इमिरेट्समा विगत केही वर्षदेखि स्वयम् निर्वासित जीवन बिताइरहेका थिए । मुशर्रफ एमाइलोइडोसिस नामक दुर्लभ रोगबाट पीडित थिए । यस रोगमा सम्पूर्ण शरीरका अंग र तन्तुहरूमा एमाइलाइड नामक प्रोटिन बन्ने गर्छ। उनी लामो समयदेखि दुबईस्थित अमेरिकन अस्पतालमा उपचाररत थिए ।

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफको निधनमा शोक व्यक्त गर्दै चीनले उनलाई पुरानो मित्रको रुपमा व्याख्या गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ यिङले पूर्वराष्ट्रपति मुशर्रफ चिनियाँ जनताका पुरानो मित्र भएको बताएका छन् । उनले चीन–पाकिस्तान सम्बन्धमा महत्वपूर्ण योगदान दिएका थिए। श्री मुशर्रफको निधनमा हामी गहिरो शोक व्यक्त गर्दछौं र उहाँको परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौं ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);