टर्की–सिरिया भूकम्प : ३७०० भन्दा बढीको मृत्यु, सयौं भग्नावशेषमा पुरिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

टर्की–सिरिया भूकम्प : ३७०० भन्दा बढीको मृत्यु, सयौं भग्नावशेषमा पुरिए

एजेन्सी, २४ माघ । टर्की र सिरियामा सोमबार गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको छ । दुबै देशमा हजारौं भवनहरू ध्वस्त भएका छन् । जसको मलबेमुनि ठूलो संख्यामा मानिसहरूले ज्यान गुमाएका छन् ।
मध्यपूर्वका चार देश टर्किए (पुरानो नाम टर्की), सिरिया, लेबनान र इजरायल सोमबार बिहान भूकम्पले हल्लाएको छ । १२ घण्टामा यहाँ ठूलो भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु टर्की र नजिकैको सिरियाका क्षेत्रमा सबैभन्दा बढी विनाश देखिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार टर्की र सिरियामा हालसम्म ३७०० जनाको मृत्यु भइसकेको छ । लेबनान र इजरायलमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो तर यहाँ कुनै क्षति भएको छैन। टर्कीमा हालसम्म २३०० जनाको ज्यान गएको छ । ११ हजार घाइते भएको खबर छ । सरकारले ७ दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । सोही समयमा सिरियामा १ हजार ४४४ जनाको मृत्यु भएको छ भने २ हजारभन्दा बढी घाइते भएका छन् ।

टर्की मिडियाका अनुसार ३ वटा ठूलो भूकम्प गएको थियो । पहिलो टर्की समय अनुसार बिहान ४ बजे (७.८) र दोस्रो करिब १० (७.६) र तेस्रो दिउँसो ३ बजे (६.०)। यसबाहेक ७८ वटा पराकम्पन रेकर्ड गरिएको थियो । तिनीहरूको तीव्रता द्ध देखि छ थियो।

भूकम्पको केन्द्रबिन्दु टर्कीको गाजियनटेप सहर थियो । यो सिरिया सीमाबाट ९० किलोमिटर टाढा छ । त्यसैले यसको वरपरका क्षेत्रमा थप विनाश भएको थियो । त्यसको प्रभाव पनि देखिन्छ । दमास्कस, अलेप्पो, हामा, लताकिया लगायतका धेरै सहरहरूमा भवनहरू भत्किएको खबर छ । भारत सरकारले एनडीआरएफको खोज र उद्धार टोली र मेडिकल टोलीलाई राहत सामग्रीसहित टर्की पठाउँदैछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);