टर्की–सिरियामा शताब्दीकै सबैभन्दा खतरनाक भूकम्प, १५ दिनमा ७ हजारभन्दा बढी परकम्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

टर्की–सिरियामा शताब्दीकै सबैभन्दा खतरनाक भूकम्प, १५ दिनमा ७ हजारभन्दा बढी परकम्प

एजेन्सी । टर्की र सिरियामा फेब्रुअरी ६ मा गएको भूकम्पले ठूलो क्षति पु¥याएको छ । यसमा ४७ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । हालसम्म सो क्षेत्रमा ७ हजारभन्दा बढी पराकम्पन महसुस भइसकेको छ । सोमबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी ८ जनाको मृत्यु भएको छ भने ३ सय जना घाइते भएका छन् । यसअघिका भूकम्पका कारण कमजोर भएका दर्जनौं भवन भत्किएका थिए ।

टर्कीको हाते प्रान्तको अन्टाक्या सहरमा रहेको चिहानमा ठाउँको अभाव छ । सरकारले दुर्घटनामा परी मृत्यु भएकाको अन्त्येष्टि गर्न सहरको दुर्गम क्षेत्रमा सामूहिक चिहान बनाएको छ । सनाखत हुन नसकेका शवको डीएनए नमुना संकलन भइरहेको छ ।

सोमबार राति गएको भूकम्पको केन्द्रविन्दु हाते प्रान्तको अन्टाक्या सहर थियो । भूकम्पको गहिराई २ किलोमिटरसम्म रहेको थियो । त्यसपछिका परकम्पहरूको तीव्रता ३.४ देखि ५.८ थियो। लेबनान, इजरायल र साइप्रसमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रका अनुसार थप परकम्पहरूको सामना गर्नुपर्ने हुनसक्छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);