टर्कीमा शक्तिशाली भूकम्प,कैयौं घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

टर्कीमा शक्तिशाली भूकम्प,कैयौं घाइते

एजेन्सी,२६ साउन । टर्कीको दक्षिणी क्षेत्रमा बिहीबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । मिडिया रिपोर्टका अनुसार भूकम्पका कारण धेरै भवनमा क्षति पुगेको छ भने २३ जना घाइते भएका छन् ।

भूकम्पको केन्द्रविन्दु मलात्या प्रान्तको येसिलुरट सहरमा रहेको रिपोर्टका अनुसार अदियामानमा भूकम्पको धक्का महसुस भएको छ । गत फेब्रुअरीमा गएको विनाशकारी भूकम्पबाट दुवै प्रदेश प्रभावित भएका थिए जसमा ५० हजारभन्दा बढीको ज्यान गएको थियो ।

टर्कीका स्वास्थ्य मन्त्री फहरेटिन कोकाले एक सामाजिक सञ्जाल पोस्टमा मालत्या र अदियामानमा भवनहरू भत्किँदा मानिसहरू घाइते भएको बताएका छन्। भूकम्पबाट बच्न मानिसहरु भवनबाट हाम फालेका छन् भने केही घाइते भएका छन् । सोही क्रममा टिभीमा प्रशारण गरिएको भिडियोमा भूकम्पका कारण भवनहरु भत्किएको देख्न सकिन्छ ।

Leave a Reply