इजिप्टले पर्यटन क्षेत्रबाटमात्रै एकै वर्षमा १०.७ बिलियन डलर राजश्व उठायो | ईमाउण्टेन समाचार

Our Network

जेठ १८ २०८१, शुक्रबार

इजिप्टले पर्यटन क्षेत्रबाटमात्रै एकै वर्षमा १०.७ बिलियन डलर राजश्व उठायो

काठमाडौं, २५ साउन । इजिप्टले पर्यटन क्षेत्रबाटमात्रै आर्थिक वर्ष २०२१/२०२२ मा १०.७ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको छ । जुन २०२२ मा समाप्त भएको आर्थिक वर्ष २०२१÷२०२२ मा इजिप्टले पर्यटन क्षेत्रबाट मात्रै १०.७ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा ४.९ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा इजिप्टले करिव १२० प्रतिशतले पर्यटन क्षेत्रबाट मात्रै राजश्व वृद्धि गरेको इजिप्टको आधिकारिक तथ्यांक प्राधिकरणले बुधवार घोषण गरेको हो । इजिप्ट भ्रमण गर्ने पर्यटकको संख्या २०२२ मा ११ करोड १७ लाख पुगेको छ । २०२१ मा इजिप्ट भ्रमण गर्ने पर्यटकको संख्या जम्मा ८० लाख रहेको थियो ।

गत आर्थिक वर्षको तुलनामा इजिप्टमा भ्रमण गर्ने पर्यटकको संख्या ४६.६ प्रतिशतले वृद्धि भएको इजिप्टको सेन्ट्रल एजेन्सी फर पब्लिक मोबिलाइजेशन एण्ड स्ट्याटिस्टिक्सको रिपोर्टमा उल्लेख छ । २०२२ मा इजिप्ट भ्रमण गर्ने पर्यटकहरुमा ६२.६ प्रतिशत युरोपेलीहरु रहेका थिए भने अरबी पर्यटकहरु २६.४ प्रतिशत थिए ।

त्यस्तै अमेरिकीहरु ५.८ प्रतिशत र बाँकी अन्य देशहरुबाट गएको पाइएको छ । सन् २०२० मा भने कोरोना भाइरसका कारण इजिप्टमा पर्यटकको संख्या घटेको थियो । सन् २०२१ पछि इजिप्टमा पर्यटकको संख्या फस्टाउँदै गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);